• कार्तिक ४, २०७८
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानका पदाधिकारी हटाउन प्रक्रिया सुरू

alt

सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति बुधबार गठन गरिएको हो । समितिका सदस्यहरूमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई छन् ।

करिब चार महिना अघिदेखि प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले पदाधिकारी हटाउन माग गर्दै आन्दोलन गर्दै आएको छ । यसबीचमा रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

मन्त्रालयका सचिव डा. पोखरेलले बिहीबारमात्र छानबिन समितिको सदस्यको रुपमा चयन भएको पत्र पाएकाले स्वास्थ्य मन्त्री खतिवडाको निर्देशन अनुसार २१ दिनभित्रमा कूलपति समेत रहेका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने प्रक्रिया सुरु गरेको जानकारी दिए । उनले भने, ‘बीपी प्रतिष्ठानका पदाधिकारी हटाउनका लागि आजदेखि मात्र हामीले काम थालेका छौं । त्यसलाई चाडै पूरा गर्नेछौं ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]