• कार्तिक १०, २०७८
  • जुनकिरी खबर

व्यक्तिको जग्गा मिचेर सशस्त्रका एसपीले लगाए पर्खाल

alt

सशस्त्र प्रहरीका एक अधिकृतले अर्काको निजी जग्गामा वाल लगाइदिएका छन् । सशत्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय पकली अन्तर्गतको ३७ नं गणका गणपति प्रहरी उपरीक्षक प्रविण कँडेलले रोशन भट्टराईको जग्गामा जग्गा मिचेर पर्खाल लगाइदिएका हुन् । 

इटहरी १७ पकलीमा सालीको नाममा रहेको जग्गाको किता नं १६७१ रहेको साढे १२ धुर जग्गामा अधिकृतले १ धुर जग्गा मिचेर करिब ४ फिटको पर्खाल बनाएकोमा भट्टराईले बताएका छन् । 

साली हाल अष्ट्रेलियामा बसोबास गर्दै आएको हुँदा भट्टराईले उक्त जग्गा रेखदेख गर्दै आएका छन् । उपरीक्षक कँडेलले दुई महिना अघि मात्र सो पर्खाल लगाएका हुन् । तिन वर्ष अघि जग्गा खरिद पछी पहिलोपटक पर्खाल लगाउँदा जग्गाधनीको सहमति लिएर पर्खाल निर्माण गरेका थिए ।

यद्यपि, यसपटक भने सिमानामा रहेका जग्गाधनीको सहमति बिना अन्दाजी ४ फिट लामो वाल बढाएको छ । 

काम बिशेषले काठमाडौँ बस्दै आएका भट्टराईले इटहरी आउँदा जग्गा हेर्दा वाल लगाएको जानकारी दिए । उनले जग्गाधनीलाई एकपल्ट पनि नसोधी वाल लगाउनु गलत भएको बताए । 

वाल लगाएको विषयमा भट्टराईले कँडेलसँग जानकारी लिदा प्रहरीको धाक दिएको उनको दाबी छ । यता प्रहरी उपरीक्षक कडेल भने आफूले मापदण्ड पुर्याएर पर्खाल लगाएको प्रतिकृया दिए ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]