• कार्तिक १२, २०७८
  • जुनकिरी खबर

एमाले इटहरी अध्यक्षमा यामकुमार सुब्बा

alt

नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अध्यक्षमा यामकुमार सुब्बा निर्विरोध चयन भएका छन्।

उपमहानगरको पहिलो अधिवेशनबाट अध्यक्षमा सुब्बा र उपाध्यक्षमा दुखीलाल चौधरी चयन भएका हुन् ।
मंगलबार उद्घाटन भएको अधिवेशनले दुई दिन पछि अध्यक्ष र उपाध्यक्षको टुङ्गो लगाएको छ ।

बाँकी पदाधिकारीमा शुक्रवार निर्वाचन हुने अध्यक्ष मण्डलका अध्यक्ष सर्वध्वज साँवाले बताए । उनका अनुसार बिहीबार मनोनयन दर्ता गराएका मध्येबाट १ सचिव २ सहसचिव सहित ८५ सदस्यको लागी निर्वाचन हुने भएको हो।

१ सचिवको लागी राजेन्द्र केसरी घिमिरे, मदन कार्की, रुपेश बस्नेत र होम घलेले उम्मेदवारी दिएका छन् । त्यसमध्ये बस्नेत बलिया उम्मेदवार मानिन्छन् । २ उप-सचिवको लागी होमनाथ धमला, जितेन्द्र थापा, राम नारायण चौधरी, तोया ढकाल, सज्नु प्रधान, मन्दिरा भट्टराई र शुकदेव राई लगायतले उम्मेदवारी दिएका छन् । बाँकी ८५ सदस्यको लागी १५४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य हरि कटवालले जानकारी दिए।

यसअघि ३ कार्यकाल इटहरी नगर अध्यक्ष चलाएका सुब्बाले चौथो कार्यकाल पार्टी नेतृत्वको मौका पाएका छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]