• कार्तिक १३, २०७८
  • जुनकिरी खबर

बुल्स इलेभेन क्लबको सरसफाइ जारी

alt

बिगत तीन बर्षदेखी प्रत्येक साताको शनिबार इटहरी तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै आएको बुल्स इलेभेन क्लबले शनिबार पनि इटहरीको बिश्व आदर्श स्कुल र आर्मी क्याम्प उत्तर तर्फको क्षेत्रमा सरसफाइ गरेको छ । तिहारको चटारोको बिच पनि सरसफाइ अभियानमा सक्रिय रहेका दुइ दर्जन किशोर किशोरीहरुको समुहले उक्त क्षेत्रको सफाई गरेर आकर्षक बनाएका छन ।

प्रत्येक शनिबार सरसफाइ अभियान थालेको क्लबले भर्खरै आएको बाढी तथा डुबानले गर्दा सो क्षेत्रमा फोहोर बढेकाले सरसफाइ गरिएको बताइएको छ । स्थानिय सरकार तथा घर धनीहरुले आफ्नो ठाँउ आफै सफा राख्नु पर्ने अवस्थामा त्यो नपाइएकाले पनि सरसफाइ थालिएको क्लबका अध्यक्ष पूर्ण राईले बताउनुभयो ।

दुइ साताअघि भएको डुबानमा अत्याधिक प्रभावित भएको इटहरीको सो क्षेत्रमा नाला पैनी जाम हुने तर सफाइ नहुने भएकाले पनि डुबानको समस्या फेरी आउन सक्ने तर्फ क्लबले सचेत समेत गराएको छ ।

इटहरीलाइ डुबानमुक्त बनाउनको लागि आफूहरुको यो अभियान फलदायी हुने र यसलाई निरन्तर जारी राख्नको लागि सबै क्षेत्रको साथ सहयोग हुनुपर्ने क्लबका सदस्य रामु राईले बताउनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]