• कार्तिक १५, २०७८
  • जुनकिरी खबर

सुनसरीमा जनजाति महासङ्घले जनगणनामा स्वयंसेवक परिचालन गर्ने

alt

कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीले स्वयं सेवक परिचालन गर्ने भएको छ ।

सुनसरीको जनगणनाबाट सही र सत्य तथ्याङ्क सङ्कलन गर्न सहयोग र सहजीकरण गर्ने उद्देश्यले समुदायगत रूपमै स्वयंसेवक परिचालन गर्न लागेको महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले बताए ।

जिल्ला जनगणना कार्यालय सुनसरी (क) अन्तर्गतका गणकहरूका लागि धरानमा सञ्चालित जनगणना सम्बन्धी प्रशिक्षण कार्यक्रममा महासङ्घका अगुवा प्रतिनिधिहरूले स्वयंसेवक परिचालन सम्बन्धी जानकारी गराएका छन् ।

उनीहरूले जनगणना सम्बन्धी प्रश्नावलीमा कतिपय आदिवासी जनजातिका जात, भाषा र धर्म जस्ता विषयहरूको कोड नै उल्लेख नगरिएको भन्दै यसबाट वास्तविक तथ्याङ्क आउन नसक्ने र त्यस्ता जाति समुदायको पहिचान र अस्तित्व नै सङ्कटमा पर्ने देखिएको भन्दै आगामी जनगणनाहरूमा प्रश्नावली तयार गर्दा सम्बन्धित सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

आदिवासी जनजातिहरू प्रायले नाम थर, मातृ एवम् पुर्खौली भाषा र मौलिक एवम् परम्परागत धर्म भन्ने गरेको पाइएता पनि प्रश्नावलीमा थर, पुर्खौली भाषा र मौलिक धर्महरू सबैको कोड उल्लेख नगरिएकाले सोझै अन्य जाति, भाषा र धर्म भनी विवरण सङ्कलन हुने अवस्था देखिएकाले त्यस्तो अवस्थामा गणकले स्वविवेक (कमनसेन्स) प्रयोग गर्न तथा स्वयंसेवकहरूको मद्दत लिन उनीहरूले आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]