• कार्तिक १९, २०७८
  • जुनकिरी खबर

मुख्यमन्त्री राजेन्द्र राई भाइटीका लगाउन भोजपुर जाने

alt

 प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई शुक्रबार गृहजिल्ला भोजपुर आउने भएका छन्। मुख्यमन्त्री राई काठमाडौंबाट शुक्रबार बुद्ध एयरको विमानमा संखुवासभाको तुम्लिङटार विमानस्थल आउने उनका प्रमुख स्वकीय सचिव सन्दिप राईले जानकारी दिए।

राई मुख्यमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउन लागेका हुन्। उनले संखुवासभाका कार्यकर्तासँग भेटघाट सकेर शुक्रबार दिउँसो गृहजिल्ला भोजपुर जाने स्वकीय सचिव राईले बताए।

मुख्यमन्त्री राई तिहार मनाउन गृहनगर षडानन्द नगरपालिका–११ भ्याउपोखरी आउन लागेका हुन्। उनले तिहारमा षडानन्द–११ भ्याउपोखरी मा रहेकी दिदीको हातबाट भाइटीका लगाउने स्वकीय सचिव राईले बताए।

मुख्यमन्त्री राई भोजपुरमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ।  उनी कात्तिक १६ गते पाँचदलीय गठबन्धनको सर्मथनमा मुख्यमन्त्री भएका थिए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]