• कार्तिक २१, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा आज ४७ कोरोना संक्रमणमुक्त

alt

प्रदेश १ मा आज ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५ महिला र २२ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४ हजार ९१९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ । ११३ जनाको पीसीआर परीक्षण गर्दा ६ र ३४ जनाको एन्टिजेन परीक्षणगर्दा २ जनामा संक्रमण देखिएको हो  ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण भएको हो ।  मोरङको विराटनगरमा ३, झापाको भद्रपुर र कमल गाउँपालिकामा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण भएको हो । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १८४ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा  १ महिला र ४ पुरुष रहेका छन् । कोरोना संक्रमणका कारण प्रदेश १ मा हालसम्म २ हजार १४७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]