• कार्तिक २६, २०७८
  • जुनकिरी खबर

इटहरीका मेयर चौधरी र माधव नेपालको पार्टीमा प्रबेश गर्ने संकेत

alt

सुनसरीको इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरीलाई भेट्न नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल चौधरीको निवास पुगेका छन् । 

शुक्रबार भएको भेटमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेता नेपालसँगै थिए । नेपाल सुनसरीको चताराधाम जाने क्रममा चौधरीको निवास गएका हुन् ।

नेकपा (एमाले)बाट टिकट पाएर मेयर पदमा विजयी बनेका चौधरीले पार्टीको इनरुवामा दुई दिनअघि भएको कार्यक्रममा तेस्रो व्यक्तिले अध्यक्षता गरेको भन्दै माइक खोसेर बोल्न रोकेका थिए । उनले कार्यक्रम बहिस्कार गरेका थिए । उनी एमालेमै खुलेका थिए । 

माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार सुनसरीस्थित निवासमा स्वागत गरेका छन् । त्यो औपचारिक भेटघाट भएको बताइएको भए पनि चौधरी नेकपा (एस) प्रवेश गरे वा नगरेकाे भन्ने खुलाइएको छैन ।

नेकपा एस इटहरी नगर कमिटीको आधिकारिक फेसबुक पेजमा भने मेयर चौधरी र इटहरी–४ का अध्यक्ष चन्द्र भट्टराई सहितको टोली एसमा प्रवेश गर्ने भन्ने विवरण पोस्ट गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]