• कार्तिक २८, २०७८
  • जुनकिरी खबर

मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव दर्ता गर्ने तयारी

alt

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (सोमबार) प्रदेशसभामा प्रस्ताव दर्ता गर्ने भएका छन्। कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी रहेको छ। दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मङ्गलबार दिउँसो १२ः३० मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनका लागि आज प्रस्ताव दर्ता गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। आजै क्याबिनेट बस्ने र क्याबिनेट निर्णयपछि विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता हुने उनले बताए।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए भने मङ्गलबार विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको काम गर्ने उनले बताउँदै आएका छन्।

९३ जना प्रदेशसभा सदस्य (हाल ९२) रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्ता पक्ष गठबन्धनमा रहेका दलहरू नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन्। प्रदेश १ को प्रतिपक्षमा एमालेका ४० र राप्रपाका एकजना सांसद् छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]