• मंसिर २, २०७८
  • जुनकिरी खबर

सुनसरीमा १८० केजी गाँजा बरामद

alt

सुनसरीको देवानगंज गाउँपालिका–४ बाट ठुलो परिणामको गाँजा सहित एक जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सीमा क्षेत्रमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश –१–०४–००१ त ०६६६ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका–५ का २५ वर्षीय सन्तोष कुमार मेहेता पक्राउ परेका हुन् ।

मेहेताले उक्त ट्याक्टरको ट्रलीमा फल्स बटम तयार गरि गाजाका पोका हालेर सिमा कटाउन खोजेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजय सिह थापाले प्रहरीको सकृयतामा बरामद भएको गाजाको नेपाली मुल्य करिब २२ लाख बराबरको भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]