• साउन १८, २०७६
  • जुनकिरी खबर

धरानमा भावी मेयरको खोजी सुरु

alt

निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेसँगै धरान उपमहानगरपालिकामा मेयरको खोजी सुरु भएको छ। मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएपछि धरान उपमहानगरपालिकाका नेतृत्व बिहिन छ। 

मेयर नभएकै कारण धरानमा विकास निर्माणले गति लिन सकेको छैन भने महत्वपूर्ण निर्णय गर्न अन्य जनप्रतिनिधिले सकेका छैनन्। मेयरको चुनाव हुने भएपछि नेकपा र कांग्रेसका स्थानीय नेताले टिकटका लागि राजनीतिक लविङ सुरु गरेका हुन्। 

बिहीबार निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको छलफल पश्चात मंसिर पहिलो साता रिक्त स्थानमा उपनिर्वाचन गर्न सुझाव दिएका थिए। 

राजनीतिक दलको सुझाव अनुसार आयोगले मंसिर पहिलो साता देशभरका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटी गर्ने तयारी थाले लगत्तै धरानमा भावी मेयरको खोजी सुरु भएको हो। 

धरानमा प्रमुख दल नेकपा, कांग्रेस र संघीय समाजवादी फोरमले भावी मेयरको खोजी सुरु गरेका छन्। गत स्थानीय निर्वाचनमा तत्कालीन एमाले र माओवादीका उम्मेदवारले मेयर, उपमेयरसहित धरानका २० वडामध्ये १५ मा विजयी हासिल गरेको थियो। पाँच वडामा कांग्रेस उमेद्वार निर्वाचित भएका थिए। 

निर्वाचन आयोगले उपनिर्वाचन गरेसँगै कांग्रेस सुनसरीले धरान उपमहानगरपालिकाको मेयरको उमेद्वारको खोजी सुरु गरिसकेको जिल्ला सभापति राजीव कोइरालाले बताए। उनले विधि प्रकृया ढंगबाट नै उमेद्वार छनोट गरिने जानकारी दिदै संभावित उमेद्वारलाई पार्टीका गतिविधि जनता समक्ष पुर्याउन निर्देशन दिइ सकिएको बताए। 

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले पनि उपनिर्वाचनका लागि पार्टीले योग्य उमेद्वार छनोट र निर्वाचनको आन्तरिक तयारी सुरु गरिसकेको बताए। 
उनले उपनिर्वाचनमा समेत आफ्नो पार्टीका उमेद्वारलाई जिताउन नगरका २० वडामा कार्यकर्तालाई जागरुक बनाई सकेको बताए। समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिमबुले उपनिर्वाचनको तयारीसँगै आफ्नो पार्टीले मेयरको उमेद्वारको खोजी सुरु गरिसकेको बताए।
 
उपनिर्वाचनको तयारी सुरु गरेसँगै धरानको भावी मेयरका लागि कांग्रेस भन्दा बढी नेकपाका उम्मेदवार आकांक्षी बढी देखिएका छन्। नेकपामा (पूर्व एमालेका तर्फबाट) प्रदेशसभा सदस्य समेत रहेका पूर्वमेयर मनोज मेन्याङवो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्य प्रकाश राई, पदम लिम्बुले दाबेदारी प्रस्तुत गरेका छन्। 

त्यस्तै पूर्वमाओवादीका तर्फबाट मुक्साहाङ मेन्याङवो, चोत्लुङ लिम्बु र अइद्रविक्रम बेघाले मेयरको उमेद्वारका लागि आकांक्षा देखाएका छन्। पार्टी एकीकरण हुनुभन्दा पहिला धरान पूर्वएमालेको पकेट क्षेत्र हो।  मेयरको टिकट पनि उतैका उमद्वारहरुले पाउने सम्भावना देखिन्छ। 

कांग्रेसमा मेयरको उमेद्वारको आकांक्षीमा नगरसभापति तिलक राई, पूर्वनगर सभापति किशोर राई र जिल्ला सचिव सुजेन्द्र तामाङले उमेद्वार बन्ने आकांक्षा देखाएका छन्। 

तामाङ हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नासु सोसरहका कर्मचारी भएकाले तिलक र किशोरमध्ये एकले टिकट पाउने संभावना छ।

तिलक गत चुनावका एमालेका तारा सुब्बासँग पराजित भएका थिए। समाजवादीमा केन्द्रीय सदस्य भीम राई, दुर्गामाया लिम्बु, गजेन्द्र इस्वो र नगर अध्यक्ष ताजुव लिम्बुले मेयरको उमेदवारका रुपमा आफूलाई प्रस्तुत गरेका छन्।

महेन्द्र क्याम्पस धरानका प्रा.डा राजेन्द्र शर्माले धरानलाई नेतृत्व दिन सक्ने योग्य व्यक्तिलाई  मात्र राजनीतिक दलले टिकट दिए धरानको विकासले गति लिन सक्ने विश्वास व्यक्त गरेका छन्। 

अन्नपूर्णबाट साभार

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]