• मंसिर ५, २०७८
  • जुनकिरी खबर

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

alt

उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी’ कानुनी प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ ।

प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ मा आवश्यक पर्दा आफ्नो एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो व्यवस्था लागु भएमा नेपाल टेलिकम, एनसेल वा स्मार्टका सेवाग्राहीले आफ्नै नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सक्ने छन् । अर्थात् नेपाल टेकिलमका प्रयोगकर्ताले एनसेल वा स्मार्ट, एनसेलका प्रयोगकर्ताले टेलिकम वा स्मार्ट र स्मार्टका प्रयोगकर्ताले टेलिकम वा एनसेलको नेटवर्कमा स्विच गरेर सेवा लिन सक्ने छन् । यो व्यवस्थापछि पुरानो सिमकार्डकै नम्बरबाट नयाँ सेवा प्रदायकको नम्बर लिने पाइनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]