• मंसिर ८, २०७८
  • जुनकिरी खबर

सुनसरी क्षेत्र नम्बर १ मा कोइराला–पौडेल समूहको वर्चस्व

alt

सुनसरी क्षेत्र नम्बर १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको निर्वाचनमा पौडेल–कोइराला समूहले वर्चस्व कायम राखेको छ । निर्वाचन परिणामअनुसार पौडेल–कोइराला पक्षका सुजेन्द्र गोले तामाङको प्यानल विजयी भएको छ । 

धरान सभागृहमा सम्पन्न निर्वाचनमा तामाङले खसेको कूल ६१७ मतमा ३९३ मत प्राप्त गर्दै विजयी भए । संस्थापन पक्षका सभापतिका उम्मेदवार लक्ष्मी खतिवडाले २१५ मत मात्र पाइन् । सचिवमा तामाङ प्यानलका महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । संस्थापन पक्षका देवेन्द्र लिम्बूले २९३ र जयबहादुर लिम्बुले १७२ मत मात्रै पाएर पराजित भए । सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाउँदै विजयी भए । सोही पदमा संस्थापन पक्षका नवीन ढकालले १६१ र नारद राईले २०७ मत मात्र पाए ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लातर्फ उमेश थापा, पर्वतकुमार राई, चन्द्रशेखर लामा, चन्द्रप्रसाद श्रेष्ठ, तिलक राई, सन्दीप श्रेष्ठ, तुलसीप्रसाद गौतम, विकास आचार्य, दिपेशजंग बस्नेत र विनोदकुमार राई विजयी भए । केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष महिलातर्फ चित्रकुमारी राई, निल कुमारी गिरी, ममता तामाङ मगर र श्यामा रेग्मी विजयी भए । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा प्रत्यक्ष महिलातर्फ आराध्यदेवी राई, प्रत्यक्ष खुल्लातर्फ उमेश पौडेल, आशिष कटुवाल, सम्पूर्ण ताम्राकार विजयी भए । खसआर्यतर्फ लोकमणि शर्मा, आदिवासी जनजाति महिला तर्फ पुष्पा राई र शोभा पुलामी निर्विरोध निर्वाचित भए । आदिवासी जनजाति खुल्लातर्फ अतुल श्रेष्ठ र मच्छिन्द्र राईले विजयी भए । दलिततर्फ किशोर विश्वकर्मा र अल्पसंख्यकबाट प्रदीप राई नाछिरिङ निर्विरोध निर्वाचित भए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]