• मंसिर ११, २०७८
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानमा ऐनविपरित १६ करोडको ठेक्का स्वीकृत

alt

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले सार्वजनिक खरिद ऐनविपरीत आईसीयू भेन्टिलेटर खरिदका लागि ठेक्का स्वीकृत गरेका छन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा. गुरु खनाल र अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहले १५ करोड ८४ लाख २१ हजार २ सय रुपैयाँको ३० थान आईसीयू भेन्टिलेटर खरिद गर्ने ठेक्का सुनसरीको इटहरीस्थित एमबी मेडिटेक प्रालिलाई दिएका हुन् । 

कोरोना महामारीको दोस्रो लहरसँग जुध्न प्रतिष्ठानले आईसीयू र भेन्टिलेटर खरिदका लागि गत असार ४ गते सूचना प्रकाशन गरिएकामा त्यसबेला प्रक्रिया रोकेर ५ महिनापछि ५ करोड बढी कबोल गर्ने कम्पनीलाई प्रतिष्ठानले आशयपत्र लेखेको हो ।

उपकुलपति डा. गिरीको निर्देशनमा अस्पताल निर्देशक प्राडा. साहले उपकरण आपूर्तिका लागि आशयपत्र लेखेका हुन् । प्रतिष्ठानका एक चिकित्सकले भने, ‘आईसीयू भेन्टिलेटर टर्बाइन बेस्ड कमसल हुन्छ । कम्प्रेसर बेस्ड उत्तम हुन्छ । ६ महिनाअघि कोरोना महामारीको दोस्रो लहर चलेको कारण चाँडो खरिद र आपूर्ति हुन्छ भनेर टर्बाइन बेस्ड आईसीयू भेन्टिलेटर माग गरिएको थियो ।
 
एमबी मेडिटेकले टर्बाइन बेस्ड भेन्टिलेटरको ठेक्का प्रस्ताव गरेको थियो । अर्को कम्पनी द मेडिकल सोल्युसन प्रालिले ५ करोड कम अर्थात् ११ करोड ४२ लाख २ सय रुपैयाँमा कम्प्रेसर बेस्ड प्रस्ताव कबोल गरेका थिए ।’ उनका अनुसार अन्तर्राष्ट्रिय रूपमै टर्बाइन बेस्डभन्दा कम्प्रेसर बेस्ड भेन्टिलेटर राम्रो मानिन्छ र बीपी प्रतिष्ठानमा समेत यस्तै भेन्टिलेटर छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]