• मंसिर १३, २०७८
  • जुनकिरी खबर

नेपाली काँग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी

alt

नेपाली काँग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारीले विजय हासिल गरेका हुन् । सुरुवात देखीनै अग्रता कायम गरेका उनले संस्थापन प्यानलका उम्मेदवार सञ्जय कुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

दुवै उम्मेदवारको निर्वाचन क्षेत्र र पालिका पनि समान भएका कारण चुनाव निक्कै प्रतिस्पर्धात्मक देखिएको थियो । कुल २६२६ मत मध्ये श्रेष्ठले १३०९ मत पाउँदा भण्डारीको पक्षमा १४२२ मत खसेको थियो । ११३ मतान्तरका साथ विजयी भएका भण्डारी दुई कार्यकाल सुनसरी सचिव चलाएका हुन् । श्रेष्ठ मनोनीत उसपभापती हुन् । वकालत पेसामा समेत आबद्ध भण्डारी प्रस्ट वक्ताको रूपमा चिनिन्छन्।

भण्डारी सहित उपसभापतिमा इतर पक्षकै नागेशचन्द्र राई र पङ्कज कुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका वीरेन्द्र कुमार शाह र इतर प्यानलका माधव कुमार घिसिङ निर्वाचित भएका हुन् । सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्ग महाधिवेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहता र देवेन्द्र पौडेल विजयी भएका हुन् ।

इतर प्यानलको पकड मानिएको सुनसरीमा निक्कै कडा प्रतिस्पर्धाका बिच भण्डारी विजयी भएका छन् । यस सँगै राजीव कोइराला पछि सुनसरीमा इतर पक्ष स्थापित भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]