• मंसिर १६, २०७८
  • जुनकिरी खबर

कांग्रेस प्रदेश १ को अधिवेशन विराटनगरमा

alt

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश १ को पहिलो अधिवेशन बिहीबारदेखि प्रदेश राजधानी विराटनगरमा सुरु हुँदैछ। अधिवेशन आयोजक समितिका संयोजक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार बसेको बैठकले अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफलसमेत गरेको थियो।

विराटनगर अस्पताल नजिकको खुला मैदानलाई अधिवेशनस्थल तोकिएको छ। दिउँसो २ बजे अधिवेशन उद्घाटन हुने प्रचार समितिका संयोजक राजीव कोइरालाले जानकारी दिए। उनका अनुसार अधिवेशनका लागि विराटनगरस्थित कांग्रेस मोरङको जिल्ला पार्टी कार्यालयलाई सम्पर्क कार्यालय बनाइएको छ। अधिवेशनको उद्घाटन नेता सिटौलाले गर्ने बताइएको छ। अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, प्रदेशका सांसद लगायतका नेताहरुको उपस्थिति रहने छ।  

बिहीबार नै अधिवेशन प्रतिनिधिको नामावली यकिन गर्ने, शुक्रबार बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र शुक्रबार नै अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनावको तयारी थाल्ने निर्णय बैठकमा भएको कोइरालाले बताए। उनका अनुसार प्रदेशमा पार्टीको पहिलो नेतृत्व चयनका लागि अधिवेशन उद्घाटनस्थलमै शनिबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने छ। निर्वाचनमा १ एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मतदान गर्नेछन्। 

कांग्रेसको प्रदेश समितिमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ३ सह–महामन्त्री (१ महिला)सहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारुतर्फ महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगता भएका १ सदस्य पदका निर्वाचित हुने बताइएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]