सुनसरीको इटहरी उप–महानगरपालिका ६ बाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी ४ पान्धारे का ३० वर्षीय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे प्रदेश नम्बर १-०२-०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय ईटहारीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved