• मंसिर १९, २०७८
  • जुनकिरी खबर

इटहरीमा सङ्गीत उत्सवको आयोजना हुने

alt

संङ्गीत साधना प्रतिष्ठान नेपाल इटहरीले साधना सङ्गीत उत्सवको आयोजना गर्ने भएको छ । प्रतिष्ठान स्थापनाभएको २५ औँ वर्ष पुरा भएको अवसरका उत्सवको आयोजना गर्न लागेको संङ्गीत साधना प्रतिष्ठान नेपालले इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

मङ्सिर २१, २२ र २३ गते प्रतिष्ठानको कार्यालय भवन इटहरी २ मा त्री–दिवशीय उत्सवको आयोजना गरिएको हो । नेपालमा गीत सङ्गीतको विकासमा धेरै कामभएपनि अर्केस्ट्रा निर्माणमा कसैले ध्यान नदिएकाले उत्सवको आयोजना गरिएको संङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिनुभयो । उत्सवबाट अर्केस्ट्राको महत्वबारे आममानिसलाई ज्ञात गराईने वहाँको भनाईछ । पहिलो दिनअर्थात् मङ्सिर २१ गते विद्यार्थीका माझ अन्नपुर्ण च्याम्बर अर्केस्ट्रा काठमाडौँ र नारायण गोपाल सङ्गीत कोष काठमाडौँका ३५ जनाबाद्यबाधक सङ्गीतकर्मीहरुबाट अर्केस्ट्रा प्रस्तुत गरिने छ ।

पहिलो दिनको प्रमुख अथितिको रुपमाप्रदेश १ सरकारका सामाजिकविकासमन्त्रीतथा राज्यमन्त्रीउपस्थीतहुने आयोजकले जानकारी दिएका छन् । दोश्रो दिन मङ्सिर २२ गते प्रदेश १ का ख्यातिप्राप्तसर्जकहरुले रचनाहरु प्रस्तुत गर्ने र साँझपहिलो दिनको अर्केस्ट्रा समेत प्रस्तुत गरिने छ । अन्तिमअर्थात मङ्सिर २३ गते ३१ स्वर सम्राट नारायण गोपालको ३१ औँ पुण्य तिथिको आवसरमा ‘‘नारायण गोपाल साङ्गीतीक साँझ’’ को आयोजना गरिने छ । उक्तदिनयाम बराल, भिषण मुकारुङ्ग, राज सागर र जिना रसाइलीले नारायण गोपालको गीत प्रस्तुत गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]