• मंसिर २४, २०७८
  • जुनकिरी खबर

इटहरीमा आज तृष्णा गुरुङको विशेष सांगीतिक प्रस्तुती हुँदै

alt

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ की निर्णायक एमव लोकप्रिय गायिका तृष्णा गुरुङको बिशेष सांगीतिक प्रस्तुती इटहरीमा आज शुक्रबार हुने भएको छ । 

होटल तथा लज व्यवसायी समिति इटहरीको आयोजनामा इटहरीस्थि लायन्स क्लबमा आज साँझ गुरुङको बिशेष प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । 

खनी हो यामुुबाट तृष्णा गुरुङले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् । लोक पप विधामा सक्रिय उनका गीतमा नेपालीपन झल्किन्छ । आफ्ना गीतमा नेपाली शब्द प्रयोग गर्न रुचाउँछिन् तृष्णा ७ वर्षे सांगीतिक यात्रामा तृष्णाले माया पिरतीु, गाइने दाजैु, साँझको बेलाु, माया मनभरीुजस्ता चर्चित गीत सार्वजनिक गरेकी छिन् ।

265187467_431845211820752_2115137273828219608_n आयोजक समितिका अध्यक्ष उमेश दाहालले गायिका गुरुङलाई विशेष सम्मान समेत गर्ने भएको छ । यस्तै कार्यक्रममा गायिका दिपा लामाको पनि प्रस्तुती रहनेछ । साथमा रोयल डान्स सेन्टर धरानको समेत प्रस्तुती रहने दाहालले जानकारी दिए । 

कार्यक्रमबाट उठेको रकम इटहरीस्थित माया घर नेपाललाई सहयोग गरिने जनाइएको छ । 

कार्यक्रमलाई इटहरी फुटबल एकेडेमी र जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले सह आयोजन गरेको छ । सांगीतिक साँझलाई टुर्बाेग बियर, रेड ब्लु र प्रिन्सेस वाइनले प्रायोजन गरेको छ । 
कार्यक्रम ठिक ५.३० बाट सुरु हुनेछ । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]