• मंसिर २४, २०७८
  • जुनकिरी खबर

अंग्रेजी नयाँ वर्षमा इटहरीमा रिफ्रेस नाइट सांगीतिक कार्यक्रम हुने

alt

ग्यालरी इभेन्टर्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर इटहरीमा रिफ्रेस नाइट कन्सर्ट आयोजना गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी पुस १७ गते इटहरी रङ्गशालामा रिफ्रेस नाइट आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विजय गिरीले ख्याति प्राप्त राष्ट्रिय  कलाकारहरू अल्मोडा राना उप्रेती र प्रकाश सपूत लगायतका कलाकारहरूले प्रस्तुति रहने बताए । त्यसै गरी संयोजक गिरीले कार्यक्रमबाट बचेको रकम इटहरीमा मानसिक रोगीहरूलाई समेत संरक्षण गर्दै आएको माया घर नेपाललाई सहयोग गर्ने जानकारी दिए । 

कार्यक्रममा प्रदेश नम्बर १ मै चर्चित बिहानी डान्स सेन्टर इटहरीको प्रस्तुति समेत रहने छ । सांस्कृतिक कार्यक्रमका लागि प्रवेश शुल्क २५० रुपैयाँ राखिएको तथा कार्यक्रमका लागि ८ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]