लैगिंक हिँसा विरुद्को १६ दिने अभियान अन्तर्गत “विवाह बारी २० वर्ष पारी, बालविवाह अन्त्य गर्ने हामी सबैको जिम्मेबारी” भन्ने मूल नाराका साथ सन्देश मूलक सडक नाटक सम्पन्न भएको छ । प्लान इटरनेश्नल नेपाल, सि.एस.डि.सि को साझेदारी र धरान उपमहानगरपालिका सँगको सहकार्यमा उत नाटक श्री भालढुगां मा.वी, धरान २० मा प्रदर्शन गरिएको हो ।
नेतृत्व र निर्णय परियोजना अन्तर्गत परिर्वतनका सम्बांहक कक्षाका श्री सरस्वती मा. वी, धरान ६ र ज्वालामुखी मा. वी धरान १७ का १५ जना सहभागीहरुले उतm नाटक प्रदर्शन गरेका हुन् । नाटकमा बालविवाहको असरहरु र किशोरी अवस्थामै गर्ववती हुँदा प्रजनन स्वास्थ्यमा आउने समस्याले ज्यान समेत जान सक्ने जोखीमलाई दर्शाएको थियो ।
बाल विवाहलाई कसरी हातेमालो गरेर अन्त्य गर्न सकिन्छ भन्नेवारे विशेषतः जोड दिएको सहभागि सविता पुरीले जानकारी दिइन् । उनका अनुसार सामाजिक संजालको दुरुपयोगले किशोर किशोरीको जीवनमा पार्ने नकारात्मक असर आदि विषयवस्तुलाई नाटक मार्फत जनचेतना दिन खोजिएको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved