• मंसिर २७, २०७८
  • जुनकिरी खबर

अर्काेको निजि जमिन मिचेर शसस्त्रका एसपीले लगाएको वाल अबैधानिक

alt

इटहरी १७ पकलीमा शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रविण कडेलले अर्काेको निजि जमिन मिचेर बनाएको वाल अबैधानिक भएको पाइएको छ । नापी कार्यालय सुनसरी र इटहरी उपमहानगरपालिकाको सर्वेक्षकले गरेको नापीबाट कडेलले रोशन भट्टराईको जमिनको ६ फिट जमिन मिचेर वाल लगाएको पाइएको हो ।

जंग्गाका अन्य सधियार र जनप्रतिनिधिको रोहवरमा जग्गाको नाप जाँच गर्दा कडेलले आफनो जग्गामा पर्ने बाटोको नाप नगरि पछाडीको जमिन अर्थात भट्टराईको ६ फिट जंग्गा मिचेर पक्की पर्खालनै लगाइदिएका हुन् ।
सशत्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय पकली अन्तर्गतको ३७ नं गणका गणपति प्रहरी उपरीक्षक कँडेलले व्यवहारिक छलफलमा जग्गा मिचेको कुरा स्वीकार नगरेपछि पिडित भट्टराईले इटहरी उपमहानगरपालिका र नापी कार्यालय सुनसरीमा जग्गा नाप जाँचको लागि निवेदन दिएका थिए ।

WhatsApp Image 2021-12-12 at 5.36.07 PM जग्गाका सधियारहरुले पनि कडेलले जग्गा मिचेरै वाल लगाएको प्रतिकृया दिएका छन् ।

कडेलले भट्टराईको जमिनको ४ किलाको सिमा नाघेर वाल लगाइदिएको बिषयमा यस अघिपनि विराट टेलिभिजनले बिशेष रिर्पाेट प्रशारण गरेको थियो । पिडित भट्टराईले प्रहरी अघिकृत जस्तो गरिमामय पदमा कार्यरत कडेलले आफनो हक अघिकारी खोज्दा अर्काेको अधिकार खोसिएको बताउनुभयो । कडेलले जवरजस्ती रुपमा अर्काेको जग्गा मिचेको र अब कानूनी रुपमा अघि बढ्ने वहाँको भनाई छ ।

भट्टराईको किता नं १६७१ रहेको साढे १२ धुर जग्गामा प्रहरी उपरिक्षक कडेलले तिन महिना अघि यो वाल लगाएका थिए । जग्गा भने सालीको रहेको र उनि हाल अष्ट्रेलियामा बसोबास गर्दै आएको हुँदा भट्टराईले उक्त जग्गा रेखदेख गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]