• मंसिर २७, २०७८
  • जुनकिरी खबर

माओवादी केन्द्र प्रदेश १ को नेतृत्वमा सहमति जुटाउने प्रयास

alt

मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकमा सुरु भएको नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन सहमतिको नजिक पुगेको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा जुट्दा बन्दसत्र समेत केहीबेर ढिला सुरु भएको थियो । 

आइतबार सवा पाँच बजेमात्र निर्वाचन समिति नामावली प्रकाशित गर्ने तयारीमा जुटेको थियो । प्रदेश १ को अध्यक्षमा इन्द्रबहादुर आङबो, सुरेशकुमार राई, हेमराज भण्डारी र धर्मशीला चापागाइर्‌ंबीच सहमति जुटाउने प्रयास जारी रहेको उक्त पार्टीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रीय सदस्य गोपीबहादुर अछामीले प्रदेश नेतृत्व चयन सहमतिमा हुने दाबी गरे । महिला उपाध्यक्षमा प्रदेश कमिटी सदस्य लक्ष्मी न्यौपाने सरु, पूर्वसंविधानसभा सदस्य अनिता परियार, पूर्वराज्यमन्त्री धनमाया विक,प्रदेश सांसद सीता थेबे आंकाक्षी छन् ।

प्रदेश सम्मेलनबाट अध्यक्ष १, महिलासहित ३ उपाध्यक्ष, १ सचिव,३ सहसचिव र कोषाध्यक्षसहित ९ जना पदाधिकारीसहित २ सय ५९ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । अधिवेशनमा कुल १ हजार ५ सय प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]