• साउन २०, २०७६
  • जुनकिरी खबर

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर

alt

विद्यार्थीको सिकाई तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ को सिकाई उपलब्धि प्रतिवेदन सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको प्रतिवेदनमा गणित र नेपालीको सिकाई कमजोर रहेको छ। प्रतिवेदन अनुसार गणित भन्दा नेपालीमा कम सिकाई भएको देखिएको छ। जसमा गणितमा ३२ र नेपालीमा २० उपलब्धि रहेको छ।  

चौविस जिल्लाका नमुना छनौटमा परेका १४ सय विद्यालयमध्ये ७ सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थीमा नेपाली विषय र ७ सय विद्यालयका १४ हजार १ सय ७४ गणित विषयमा गरी जम्मा २८ हजार ३ सय ८१ जना विद्यार्थी परीक्षणमा सहभागी भएका थिए। विद्यार्थीको वास्तविक क्षमतालाई आधार मानी राष्ट्रिय औसत ५ सय मानिएको छ।

प्रतिवेदनमा नेपालीमा सवभन्दा राम्रो सिकाई ५११ अङ्क ल्याउदै गण्डकी प्रदेश र  ४८८ अंक ल्याउदै कर्णाली प्रदेशको रहेको छ। यस्तै गणितमा राम्रो प्रदेश नं. २ को ५२१ अंक ल्याउदै राम्रो र  प्रदेश नं. ५ को ४८६ अंक ल्याउदै सिकाई कमजोर रहेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]