• पुस २, २०७८
  • जुनकिरी खबर

१ नं प्रदेश ट्राफिक प्रहरीले सचेतना मूलक सप्ताहव्यापी कार्यक्रम गदै

alt

ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रममा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पुस ९ गते स्वास्थ्यकर्मी तथा मेकानिकलसहितको उपस्थितिमा सवारी चालकको स्वास्थ्य परीक्षण र सवारीको यान्त्रिक अवस्था चेकजाच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पुस ४ गते सुरु हुने सप्तहव्यापी कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ र  १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने भएको हो ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम गर्न लागेको हो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पुस ४ गते ¥यालीसहित उद्घाटन हुनेछ । ¥याली धरान–१२ पब्लिक स्ुकलदेखि छाताचोक, कलेजरोड, हुँदै भानुचोकसम्म हुनेछ । पुस–५ गते भानुचोक जिरोपोइन्ट, तीनकुनेलगायत जिल्लाभर ट्राफिक पोष्टनजिकका चोकहरूमा सचेतनामूलक पर्चा पम्लेट वितरण गर्ने जनाएको छ । पुस ६ गते धरानको जिरोपोइन्ट, छाताचोक, भानुचोक, भोटेपुल, तीनकुनेलगायतका स्थानमा स्थानीय तहसँगको सहकार्यमा फुटपाथ तथा पार्किङ व्यवस्थापन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]