• पुस ८, २०७८
  • जुनकिरी खबर

व्‍यर्थै बित्यो प्रदेश १ सरकारको दुई महिना

alt

प्रदेश-१ मा मुख्यमन्त्री राजेन्द्र राईको दुई महिने अवधि अलमल र विवादमै रुमलिएको छ ।

गत कात्तिक १६ गते सरकार गठनपछि सत्तारुढ गठबन्धनमा रहेको नेपाली काङ्ग्रेस र माओवादी केन्द्र महाधिवेशन र सम्मेलनमा केन्द्रित हुँदा मुख्यमन्त्री राई उद्घाटन र सम्बोधनमा व्यस्त भए ।

सत्तारुढ दुई दलहरु पार्टी गतिविधिमा केन्द्रित हुँदा मुख्यमन्त्री राईले मन्त्री नै नभएको दुई मन्त्रालयमा गरेको चार स्वकीय सचिवको नियुक्ति र रात्रीकालीन कन्सर्टमा गरेको नृत्य विवादित बन्यो ।

सरकार विस्तार गर्न नसकेको आरोप खेपिरहेका मुख्यमन्त्री राईले सरकारको न्यूनतम प्राथमिकताका कार्यक्रम पनि सार्वजनिक गरेका छैनन् । आफूखुसी स्वकीय सचिव नियुक्त गरेपछि एकीकृत समाजवादीभित्रै असन्तुष्टी बढेको छ ।

सरकार विस्तार, मन्त्रालय विभाजन गर्न बाँकी नै रहेकाले अझै केही समय सरकारले गति लिने अवस्था नरहेको ती नेताको तर्क छ ।

सरकारले प्राथमिकताका कार्यक्रम सार्वजनिक नगर्दा बजेट कार्यान्वयनमा पनि अलमल छ । तर, प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो नियमित बजेट खर्च भइरहेको बताउँछन् ।

अघिल्लो सरकारले बहुवर्षे योजनाका लागि छुट्याएको र नियमित बजेट खर्च भइरहेको उनले बताए । सरकारले बजेट पुनरावलोकन गरी सरकारका प्राथमिकताका कार्यक्रम अघि बढाउने उनको भनाइ छ ।

पाँच दलीय गठबन्धनको सरकारले न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदनको आधारमा अघि बढ्ने मुख्यमन्त्री राई बताउँछन् । गठबन्धनमा रहेका दलहरुको महाधिवेशनका कारण काममा असर परेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]