• पुस १२, २०७८
  • जुनकिरी खबर

प्रदेश १ : धान उत्पादनमा ३ प्रतिशतले कमी

alt

अन्नको भण्डार मानिने प्रदेश १मा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस प्रदेश १मा धान उत्पादनमा करिब ३ प्रतिशतले कमी आएको हो  । सधै प्रयाप्त धान उत्पादन हुने पूर्वमा यस वर्ष बेमौसमी पानीसंगै आएको बाढीले गर्दा धान उत्पादनमा कमी आएको बताइएको छ ।  

बाढीले धान भित्र्याउने बेला खेतमा धान बोट नै पुरिनुकोसाथै बालुवा थुप्रिएकाले धान उत्पादनमा तीन प्रतिशतले कमी आएको हो  ।  

गत वर्ष प्रदेश १मा ३ लाख ३२ हजार ९सय १६ हेक्टर क्षेत्रफलमा धान लगाएकोमा १३  लाख ११हजार २सय ४५ मेट्रीकटन धान उत्पादन भएको थियो भने यस वर्ष ३ लाख ३६  हजार १सय २३ हेक्टर क्षेत्रफलमा धान लगाएकोमा १२ लाख ७३ हजार ३सय ५६ मेट्रिकटन धान उत्पादन भएको हो । जुन  ३७ हजर ८ सय ८९ मेट्रीकटन धान गत वर्षको तुलनामा कम उत्पादन भएको हो  । 

कृषि विकास निर्देशनालय प्रदेश १का कृर्षि अर्थ विज्ञ नेत्रमणि काफ्लेका अनुसार बेमौैसमी वर्षासंगै आएको बाढीले धान बाली अनुमानित करिब १५ प्रतिशत क्षती पुर्याएकाले धान उत्पादनमा कमी आएको बताए । उनले भने ‘१५ प्रतिशत लगाएको धानबालीमा क्षती भएपनि ३ प्रतिशत मात्र धान उत्पादनमा कमी आयो । बाढी नआएको .भए यस वर्ष उत्पादन बढ्ने थियो ।’

कृषि निर्देशनालय विराटनगरका अनुसार झापामा ४ लाख १४ हजार ७ सय५० मेट्रीकटन धान उत्पादन भएको छ । पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा ३५ सय ८५मेट्रीकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको हो ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]