• पुस १४, २०७८
  • जुनकिरी खबर

शनिबार इटहरीमा प्रकाश सपूत, अल्मोडा लगायत कलाकार आउँदै 

alt

आगामी पुस १७ गते शनिबार इटहरी रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना उप्रेतीसहितको कलाकार आउने भएका छन् । ग्यालरी इभेन्ट प्रा.लीले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा आयोजना गरेको ‘रिफ्रेस नाइट’ कार्यक्रममा प्रस्तुति दिन सपूत र उप्रेतीसहित धर्मेन्द्र सेवान र दिनेश ढकाल इटहरी आउने भएका हुन् ।

शनिबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरू गंगा गौतम, सुमन परियार, स्पर्श व्याण्ड, विशाल पोखरेल, बिहानी डान्स सेन्टरले समेत कार्यक्रममा प्रस्तुति दिने ग्यालरी इभेन्टका कार्यक्रम संयोजक विजय गिरीले जानकारी दिए । 

कार्यक्रममा पछिल्लो समय चर्चित सामाजिक सञ्जाल ‘टिकटक’बाट अधिक दर्शकहरूले रुचाएका ‘टिकटकरहरु’ सुजा रायमाझी, मनिका बोहोरा, नेल्सन जोडि, मोडल विनोद बस्नेत र कमेडियन चोर बुढाबाट परिचित अमृत राईसँगै मास्के दाइको पनि उपस्थिति रहने छ ।

कार्यक्रममा प्रवेशका लागि सामान्य तर्फ टिकट दर २५० र भिआइपी टिकट १००० तोकिएको आयोजकले जानकारी दिएको छ । टिकट खरिद गर्ने मध्ये भाग्यशाली दुई जनाले लक्की ड्र मार्फत स्मार्ट फोन दिइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई ‘टुर्वेग बियर’ र ‘प्रिन्सेस वाइन’ले  प्रयोजन गरेका छन् । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]