• पुस १९, २०७८
  • जुनकिरी खबर

इटहरीबाट गाँजा सहित २ जना पक्राउ

alt

इटहरी उपमहानगरपालिका-२० स्थितबाट गाँजासहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका-१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन् ।

राती साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोकस्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि  प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा शङ्का लागि दुवैजनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।  उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।

गाँजासहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]