• पुस २०, २०७८
  • जुनकिरी खबर

इटहरी ८ मा ठेकेदारले सडक नबनाएपछि सडक अबरुद्ध

alt

इटहरी ८ का स्थानीयले फुलबारी टोल प्रबेश गर्ने सडक अवरुद्ध गरेका छन् । २४१ मिटर सडक पिच गर्ने इटहरी उपमहानगरपालिकासँग सम्झौता भएपनि सडक बनाउने तर्फ ठेकेदार कम्पनिले काम नगरेको भन्दै स्थानियले सडक अबरुद्ध गरेका हुन । फुलबारी टोल प्रबेश गर्ने उक्त सडक १९ लाख रुपैयामा इटहरीका ठेकेदार सर्भेस आर्चायले ठेक्का लिएका थिए । तर ठेक्का लिएको ३ महिना बित्न लाग्दा समेत काम शुरु नभएपछि सडक बनाउन दबाब दिन बाटो अबरुद्ध गरेको स्थानियको भनाई छ ।

सडक निर्माण गर्ने काम ढिलाइ भएको बिषयमा फुलबारी टोल विकास समितिले इटहरीका मेयर, उपमेयर र ८ नं. का वडाध्यक्षलाई पटक पटक जानकारी गराएपनि कसैले वास्ता नगरेको स्थानिहरुको गुनासो छ । फुलबारी टोलका स्थानियले सडक निर्माणको काम शुरु नभइन्जेलसम्म सडक अबरुद्ध गर्ने बताएका छन् ।

उक्त सडक निर्माण गर्न ठेकेदार सर्भेष आर्चायले ५ लाख रुपैया पेश्की रकम लगिसेको समेत स्थानियहरुको भनाई छ । वडा कार्यालय र उपमहानगरले ठेकेदार कम्पनिलाई खोजी गरि बाटो निर्माणको काम शुरु गर्न ५ दिनको अल्टीमेटम दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]