• पुस २३, २०७८
  • जुनकिरी खबर

देशभर एमालेको जिल्ला अधिवेशन हुदै

alt

एमालेले आज (शुक्रबार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दै छ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट सबै जिल्लाका अधिवेशन एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ।

एमाले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन्।

गत मंसिरमा १०औं महाधिवेशन गरेको एमालेले आज देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। यस्तै प्रदेश अधिवेशन भने आगामी माघ ८ गर्ने तयारी एमालेले गरेको छ।

यसैबीच एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ।

मापदण्डअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ।

त्यस्तै जिल्ला सदस्य हुन जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्नेछ।

त्यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ ९११० अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ। जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुनेछ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]