• साउन २०, २०७६
  • जुनकिरी खबर

मल अभावले पिरोलिएका मोरङका किसानहरुलाई

alt

खेतीपातिको मौसममा मोरङका किसानहरुले महंगोमा डिएपी मल किन्नु परिरहेको छ । धान रोप्नु अघि डिएपी मल छरेर धान रोप्ने गरेकोमा मल ढिलो आएपछि उनीहरुले धान रोपिसकेपछि महंगोमा मल किनेर छरिरहेका छन् । यति वेला साल्ट्र ट्रेडिङ कर्पोरेशनले ५ हजार मेट्रिक टन डिएपी मल ल्याएपछि कृषकहरुले मल पाउन थालेका हुन् ।

साल्ट्र ट्रेडिङ कर्पोरेशनले ल्याएको मल सहकारी संस्थाहरु मार्फत गाँउ गाँउमा किसानहरुलाई विक्री गर्दै आएको छ । सहकारीहरुले पर्याप्त मल नभएको भन्दै प्रति किलो ५० रुपैयाँमा डिएपी मल बेच्दै आएको किसानहरुले गुनासो गरेका छन् । तर सहकारीहरुले भने तोकेको मूल्य भन्दा बढी किसानसंग मूल्य नलिएको दावी गर्दै आएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले सहकारीलाई ५० किलोको डिएपी मल प्रति बोरा २ हजार १ सय ५० रुपैयाँमा बेच्ने गरेको छ । सहकारीले भने ढुवानी भाडा जोडेर प्रति बोरा २ हजार २ सय ५० रुपैयाँ सम्ममा बेच्नुपर्नेमा खुला र विक्री भन्दै २ हजार ५ सय रुपैयाँ प्रति बोरा सम्ममा बेच्ने गरेको पाइएको छ । स्थानीय निकायले तोकेको मूल्य भन्दै सहकारीले मलको मूल्य तोकेर बेच्ने गरेको पाइयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]