• पुस २८, २०७८
  • जुनकिरी खबर

जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा १३ बुँदे आदेश जारी

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज देखि लागु हुने गरी १३ बुँदे आदेश जारी गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको जोखिम सुनसरी जिल्लामा पनि बढ्दै गएको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस र गृह मन्त्रालयको पत्र बमोजिम तथा जिल्ला कोभिड-१९ व्यवस्थापन समिति, सुनसरिको निर्णय साथै सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी अर्को आदेश नभए सम्मको लागि आज देखि यस जिल्लाभर लागू हुने गरी १३ बुँदे आदेश जारी गरेको हो ।

कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखी तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डहरू (मास्कको उचित प्रयोग, स्यानिटाइजरको प्रयोग र भौतिक दुरी कायम) अनिवार्य रूपमा पालना गर्ने गराउने ।

२५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला महोत्सव, सभा, सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्ने नगराउने नगरी नहुने नियमित कार्यक्रमको हकमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरी भिडभाड नहुने प्रबन्ध मिलाई स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र गर्ने आदेशमा भनिएको छ ।

यसै गरी माघ १ गते देखि सार्वजनिक सेवा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला आदि) आदी प्रवेशका लागि कोभिड खोपको कार्ड अनिवार्य रूपमा (मोबाइलमा फोटो भए पनि हुने देखाउने व्यवस्था लागू गर्ने गराउने व्यवस्थाका लागि जिल्ला स्थित स्थानीय तहहरूले सेवा प्राप्तिको सिफारिस गर्दा वा सेवा प्रवाह गर्दा खोप कार्ड अनिवार्य भएको ब्यहोरा सम्बन्धित सेवाग्राहीलाई जानकारी गराई मात्र सेवा उपलब्ध गराउने उल्लेख छ ।

यस्तै जिल्लास्थित सेवा प्रदायक निकायहरूले सेवा प्रवाह गर्दा सम्भावित सङ्क्रमण जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी गराई उपलब्ध खुल्ला स्थानको अधिकतम उपयोग गरी सकेसम्म खुल्ला स्थानबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।

कोभिड सङ्क्रमित व्यक्तिहरूको उपचारका लागि विगतमा सञ्चालनमा भएका आइसोलेसन सेन्टरहरू सम्बन्धित सरोकारवाला निकायहरूले आपसी समन्वय गरी सञ्चालनका लागी तयारी अवस्थामा राख्ने, जिल्लाको कुनै क्षेत्रमा कोभिड सङ्क्रमण देखिएमा स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम सम्बन्धित स्थानीय तहले जोखिमको अवस्था विश्लेषण गरी यस कार्यालयलाई जानकारी गराउने आदेशमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]