• पुस ३०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ भर संक्रमण बढ्दो

alt

तेस्रो चरणको कोरोना कहर सुरुवाती अवस्थामा भएकाले यसले निम्त्याउन सक्ने जटिलताबारे अहिले नै आंकलन गर्नु हतारो हुने प्रदेश १ का विज्ञले बताएका छन् । ‘यो पहिलो साता हो, दोस्रो र तेस्रो सातातिर यसको अवस्था एवं गम्भीरताको धेरै हदसम्म अनुमान गर्न सक्छौं,’ कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका क्लिनिकल संयोजक डा. डेनप्रसाद आचार्यले भने, ‘सबै नयाँ भेरिएन्ट हो भन्ने प्रमाणित गर्न समय लाग्ला ।’

दुई सातापछि मात्र अस्पताल भर्ना हुने दर हेरेर अवस्था कस्तो हुन्छ भनी अनुमान गर्न सकिने उनले बताए । ‘साताअघिसम्म अस्पतालमा भर्ना हुनेको संख्या दुई/चार जना थियो,’ डा.आचार्यले भने, ‘अहिले कोसीमा मात्रै ९/१० जना उपचार गराउँदै छन्, यो बढेकै हो ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार उक्त उपचार केन्द्रमा बिहीबारसम्म ९ जना आईसीयूमा र एक भेन्टिलेटरमा छन् । बिहीबार प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितमध्ये १ जना जेनरल बेडमा, १४ आईसीयूमा, ४ भेन्टिलेटरमा र १ एचडीयू बेडमा छन् । यो संख्या बुधबारसम्म १० जनामा सीमित थियो ।

प्रदेशभरका ९ भन्दा बढी प्रयोगशालामा बिहीबारसम्म ४ लाख ९८ हजार ६ सय ८ जनाको स्वाब परीक्षण हुँदा १ लाख ९ हजार ५ सय ३६ मा (२१.९६ प्रतिशत) पोजिटिभ देखिएको हो । ‘खोप लगाएकामा असर अझै कम छ,’ डा. आचार्यले भने, ‘ओमिक्रोनको संक्रमण दर बढी, जटिलता र भर्ना हुने दर कम छ ।’ तर खोप नलगाउने धेरै भएकाले तेस्रो चरणको संक्रमणको वास्तविक तस्बिरका लागि दुई/तीन साता कुर्नैपर्ने उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]