• माघ २, २०७८
  • जुनकिरी खबर

एक सय किलो गाँजासहित सुनसरीबाट ३ भारतीय पक्राउ

alt

ठूलो परिणामको लागुऔषध गाँजासहित प्रहरीले सुनसरीबाट ३ जना भारतीय नागरिकलाई शनिबार राति पक्राउ गरेको छ । भारत बिहारको कटहरिया जिल्ला देवीपुर–१० का ५० वर्षीय जितेन्द्र राय, देवीपुर–१९ का २६ वर्षीय मिट्ठु राय र पूर्णिया जिल्ला सारसी–३ का १९ वर्षीय पंकज महलदार पक्राउ परेका हुन् । 

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ परेकाहरुको साथबाट १ सय किलोग्राम गाँजा बरामद भएको छ । नेपालबाट भारततिर अवैध रूपले लैजान खोज्दै गरेको १ सय किलो गाँजासहित तीनैजनालाई सुनसरीको बर्जु गाउँपालिका–५ बाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका तीनैजनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी एसपी थापाले दिए । नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध तरिकाले भारत लैजाने गरिएको प्रहरीले जनाएको छ । 

नेपालमा प्रति किलोग्राम २० हजार रूपैयाँभन्दा बढीमा किनबेच हुने गाँजा भारत पुर्‍याउँदा दोब्बर मूल्य पाइने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दोब्बरभन्दा बढी मूल्य पाइने भएकाले लागूऔषधका कारोबारीले सुरक्षाकर्मीलाई छलेर सीमा नाकाबाट कटाएर गाँजा भारत पुर्‍याउने गरेको प्रहरीको भनाइ छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]