• माघ २, २०७८
  • जुनकिरी खबर

बुल्स इलाभेन क्लब र प्रहरीद्धारा मास्क वितरण

alt

कोरोना भाईरसको तेस्रो लहर नेपालमा पनि फैलिरहेको समयमा भाईरस फैलन  नफैलियोस भनेर इटहरीमा तपाईको मास्क खैइ ? अभियान सुरु गरिएको छ ।   

बुल्स एघार क्लब र इलाका प्रहरी कार्यालय इटहरीको समुदाय प्रहरी साझेदारीले संयुक्त रुपमा तपाईको मास्क खैई अभियान सञ्चालनमा ल्याएका हुन ।   

भाईरस संक्रमण रोकथाम , नियन्त्रण र जोखिम न्युनिकरणका लागि इटहरीको मुख्य  चोक ,बजार क्षेत्रमा पैदल तथा सवारीमा हिड्डुल गर्ने मानिसहरुलाई तपाईको मास्क खैई भनेर सोध्दै मास्क् वितरण गर्न थालिएको छ ।

मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस नफैलियोस भनेर सचेतनाका लागि अभियान सञ्चालनमा ल्याइएको वुल्स एघार क्लबका उपाध्यक्ष रामकुमार राईले वताए । कोरोना भाईरस दिनाप्रतिदिन फैलिरहेको समयमा समुदाय स्तरमा सचेतनमा अभिवृद्धि गर्दै स्वास्थ्य सुरक्षाका लागि मास्क तथा सेनिटाइजर वितरण गर्ने अभियानलाई निरन्तरता दिदै आफैले  स्वास्थ्य सुरक्षाका विषयमा सचेत रहन अभियान सञ्चालन गरिएको जनाइएको छ । 

अभियान अन्र्तगत इटहरी चोक तथा मुख्य बजार क्षेत्रमा मास्क लगाउनु पर्ने लगायतका स्वास्थ्य सुरक्षा सावधानीका विषयमा सहजिकरण गर्ने कार्य वुल्र्स एघारका साथै इलाका प्रहरी कार्यालय इटहरीले गर्दै आएको छ ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]