• माघ ४, २०७८
  • जुनकिरी खबर

प्रदेश १ को नामकरण कहिले ?

alt

प्रदेश सरकार गठनको चौथो वर्ष पूरा हुन लाग्दासम्म पनि प्रदेश १ को नामकरण अन्योलमै छ । प्रदेशले हालसम्म पाएका तीनै मुख्यमन्त्रीले शपथ ग्रहणपछि प्रदेशको नामकरण गर्ने उद्घोष गरे तर कसैले पनि प्रक्रिया अघि बढाउन सकेनन् ।

कात्तिक १६ मा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामकरण पहिलो प्राथमिकता भएको बताएका थिए तर अढाई महिना बितिसक्दा पनि नामकरणको प्रक्रिया सुरु हुन सकेको छैन ।

०७४ फागुन ३ मा गठन भएको प्रदेश सरकारको ४ वर्ष पूरा हुन १ महिना बाँकी छ । प्रदेश सरकारको बाँकी १३ महिना कार्यकालमा नामकरण हुने छाँट देखिँदैन । २०७४ फागुन ४ मा शपथ ग्रहण गरेपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईले पनि प्रदेशको नामकरण गर्ने उद्घोष गरेका

थिए । आफ्नो कार्यकालमा उनले नामकरणका लागि छलफलसमेत चलाउन सकेनन् । उनीपछि मुख्यमन्त्री भएका भीमप्रसाद आचार्यले पनि प्रक्रिया अघि बढाएनन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]