• साउन २१, २०७६
  • जुनकिरी खबर

धरानमा डेंगु नियन्त्रण हुन सकेन

alt

धरानमा डेंगु देखिएको तीन महिना बितिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । हालसम्म ४ हजार जनामा डेंगुको संक्रमण देखिएको छ । साउन महिनामात्रै करिब ७ सय २० जना डेंगु संक्रमित बिरामी थपिएका छन् । धरानका प्रत्येक घरमा डेंगुका बिरामी भेटिनेक्रम रोकिएको छैन । कतिपय घरमा ७ जनासम्म संक्रमित भेटिएका छन् ।

स्थानीय निजी प्रयोगशालामा डेंगुको परीक्षण गराउँदा डेंगु संक्रमित धेरै मानिसहरू अस्पताल नगइ घरमै बसेको कारणले धरानमा अझ धेरै संक्रमित हुन सक्ने बताइएको छ । एउटै सहरमा ४ हजार जना संक्रमित भएपछि प्रदेशसभाले धरानलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।


धरान उपमहानगरपालिकाले डेंग नियन्त्रणका लागि ३० लाख खर्च गरिसकेको छ । डेंगुको प्रकोप घट्नुको सट्टा बढेको बढ्यै छ । अहिले दैनिक रूपमा २५ जनासम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुग्ने गरेका छन् । अरू निजी क्लिनिक र अस्पतालमा जानेको संख्या झन् बढी छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]