• माघ ४, २०७८
  • जुनकिरी खबर

माघ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्छ

alt

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको सम्वद्ध अधिकारीहरूले बताएका छन् ।

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै सो तथ्यांक सार्वजनिक गरेका हुन् । उनले दैनिक संक्रमितको संख्या १९ हजार बढी देखिएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने प्रक्षेपण समितिमा पेस गरेका थिए ।

डा. पौडेलको प्रक्षेपण अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ । यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको प्रक्षेपण रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]