• माघ ४, २०७८
  • जुनकिरी खबर

बर्जु मेलामा तोडफोड र आगजनी

alt

सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारी लाल यादव नआउने भएपछि तोडफोड र सवारी साधानमाथि आगजनी भएको छ। आयोजकको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज कलाकार यादव नल्याएपछि तोडफोड तथा आगजनि भएको हो।

आक्रोसित सर्वसाधारणले ४ वटा स्कारपियो जलाइदिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । आयोजकले कार्यक्रमको टिकट विक्रि गरि ठगि गरेको आरोप लगाइएको छ । बर्जु गाउँपालिका ६ चिमडी स्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट सुरु भएको उक्त महोत्सवमा आज अन्तिम दिन भोजपुरी गायक तथा नायक खेसारी लाल यादव आउने प्रचारप्रसार गरेको थिए।

कलाकार यादवलाई हेर्न आयोजकले ३०० र ५०० का दरले टिकट बेचेको थियो ।

बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गते बाट महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दे सामाजिक विकास केन्द्रको अगुवामा महोत्सव सञ्चालन भइरहेको थियो ।

कलाकार यादवको प्रस्तुति हेर्न नपाएपछि दर्शकहरु आक्रोशित बन्दै स्टेजमा तोडफोड गरेको हो। कार्यक्रम तथा प्रस्तुति हेर्नका लागि सुनसरीका विभिन्न पालिकाका सर्वसाधारणहरुको भिड लागेको थियो । विहान ११ बजे देखि नै खेसारी लाल यादवको कार्यक्रम हेर्न टिकट काटेर कुर्दै बसेका सर्वसाधारण अबेरको ४ बजे सम्म खेसारी लाल यादव नाआउने पक्का भएपछि आक्रोसित बन्दै स्टेजमा तोडफोड गरेका हुन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]