• माघ १३, २०७८
  • जुनकिरी खबर

इटहरीमा कार्जस्पाको सोरुम उदघाटन

alt

इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा आएको छ। कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा इटहरीमै पहिलो पटक धरान लाइन हलगडामा उद्घाटन भएको हो । इटहरीका बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा बिहीबार पुर्वमन्त्री रामकुमार सुब्बाले उद्घाटन गर्नुभयो ।

इटहरी पूर्वकै उदयमान सहर भएकाले विराटनगर, धरान र बिर्तामोडका सेवाग्राहीलाई लक्षित गरिएको जनाइएको छ । कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ ।

सवारी साधनलाई धुलो धुवाबाट सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने कार्जस्पा इटहरीका सञ्चालक बहत्तर लिम्बुले जानकारी दिनुभयो । चलाइरहेको गाडीको बाहिरी तथा भित्री आवरणमा उल्लेख्य सुधार हुने वहाँको भनाई छ । लामो समय लन्डन बसेर नेपाल फर्किएका वहाँले २ वर्ष अगाडी बहत्तर क्याफे सञ्चालनमा ल्यानुभएको थियो ।

अहिले आफ्नो ठाउँमा केही काम गरौँ भनेर कार्जस्पा सञ्चालन गरिएको लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । १२ वर्ष अगाडी भारतको गुजरातमा खुलेको कार्जस्पाले यसैबर्ष नेपालमा थप ३ वटा शाखा खोल्ने तयारी थालेको छ । यसअघि काठमाण्डौमा खुलेको कार्जस्पा इटहरीमा दोस्रो शाखाको रूपमा सञ्चालनमा आएको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]