• माघ १३, २०७८
  • जुनकिरी खबर

इटहरीमा कार्जस्पाको सोरुम उदघाटन

alt

इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा आएको छ। कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा इटहरीमै पहिलो पटक धरान लाइन हलगडामा उद्घाटन भएको हो । इटहरीका बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा बिहीबार पुर्वमन्त्री रामकुमार सुब्बाले उद्घाटन गर्नुभयो ।

इटहरी पूर्वकै उदयमान सहर भएकाले विराटनगर, धरान र बिर्तामोडका सेवाग्राहीलाई लक्षित गरिएको जनाइएको छ । कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ ।

सवारी साधनलाई धुलो धुवाबाट सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने कार्जस्पा इटहरीका सञ्चालक बहत्तर लिम्बुले जानकारी दिनुभयो । चलाइरहेको गाडीको बाहिरी तथा भित्री आवरणमा उल्लेख्य सुधार हुने वहाँको भनाई छ । लामो समय लन्डन बसेर नेपाल फर्किएका वहाँले २ वर्ष अगाडी बहत्तर क्याफे सञ्चालनमा ल्यानुभएको थियो ।

अहिले आफ्नो ठाउँमा केही काम गरौँ भनेर कार्जस्पा सञ्चालन गरिएको लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । १२ वर्ष अगाडी भारतको गुजरातमा खुलेको कार्जस्पाले यसैबर्ष नेपालमा थप ३ वटा शाखा खोल्ने तयारी थालेको छ । यसअघि काठमाण्डौमा खुलेको कार्जस्पा इटहरीमा दोस्रो शाखाको रूपमा सञ्चालनमा आएको हो।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]