• माघ १६, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा सवारी दुर्घटना बढ्यो

alt

अव्यवस्थीत सडक र तिब्र गतिका कारण १ नं. प्रदेशमा सवारी दुर्घटनामा बृद्धी भएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पछिल्लो ३ वर्षको तथ्याड्ढले प्रदेश १ मा सवारी दुर्घटनामा बृद्धी भएको अवस्था छ ।

गत आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश १ मा १२ सय ९८ सवारी दुर्घटनामा ३७३ जनाको मृत्यु भएको छ, भने २०७६÷७७ मा १३ सय २२ सवारी दुर्घटनामा परी ३ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७÷७८ मा १३ सय ३१ सवारी दुर्घटनामा परी ४ सय बढीले ज्यान गुमाउन पुगेका छन् । मानिसमा दुर्घटना सम्बन्धि जनचेतना भएको तर, कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरि गर्ने प्रबृति बढ्दै गए पछि दुर्घटनाको संख्यामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बिभिन्न प्रकारका सवारी साधन मध्ये मोटरसाईकल बढी दुर्घटना हुँने गरेको छ । भने कार, जिप र बस दुर्घटनाका कारण धैरैले ज्यान गमाएको तथ्याँकले देखाएको छ । दुर्घटना बढ्नुको मुख्य कारण जिर्ण सडक र माद्यक पर्दाथको प्रयोग गरी तिब्र गति सबारी साधन चलानुका कारणले गर्दा धरैको ज्यान जाने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चालु अर्थिक वर्षको हाल सम्मको तथ्याँक अनुसार ९ महिनामा १९ सय १३ दुर्घटनाबाट २ सय ५७ जनाले ज्यान गुमाई सकेका छन् । यसरी सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि प्रदेश ट्राफिक कार्यालय इटहरीले दुर्घटना न्युनिकरण गर्न आफ्नों मातहतका सबै स्थानमा चेकजाँच र सचेतना कार्यक्रमलाई निरन्तरता दिन थालेका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]