• साउन २१, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मन्त्रालयको प्रगति निराशाजनक

alt

प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रगति निराशाजनक देखिएको छ । मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को बजेट समिक्षामा कानुन निर्माणदेखि बजेट खर्चसम्म मन्त्रालयको अवस्था निरासाजनक देखिएको हो । 

मन्त्रालयलाई तत्काल १० वटा कानुनको आवश्यकता छ तर सरकार गठन भएको दुइवर्ष पुग्न लाग्दापनि मन्त्रालयले एउटामात्रै कानुन निर्माण गरेको छ । कानुन निर्माणको हिसाबले यो निराशाजनक अवस्था भएको भन्दै कार्यक्रममा आलोचना समेत गरिएको थियो । मन्त्रालयले प्रदेश पर्यटन ऐन निर्माण गरेको त छ तर नियमावली नबनाइदा ऐन कार्यान्वयनमा अन्यौलता देखिएको छ ।


बजेट खर्चको अवस्थापनि मन्त्रलायको निराशाजनक नै देखिएको छ । समग्र मन्त्रालयको बजेट खर्चको अवस्था औसत मात्र देखिएको छ । मन्त्रालयले पर्यटन क्षेत्रकालागि आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारबाट हस्तान्तरण भएर प्राप्त भएको ७ करोड रुपैयाँ बजेटबाट ४७ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश सरकारले विनियोजन गरेको पर्यटन प्रवर्द्धन तथा विकास कार्यक्रममा ५२ करोड विनियोजन गरेको भएपनि ६६ प्रतिशत मात्र प्रगति भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]