• माघ २५, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२,  संखुवासभा र भोजपुरमा ४–४, धनकुटामा ३, पाँचथर, इलाम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा २९, बेलबारीमा ५, बुढीगंगा,  पथरीशनिश्चरे र जदहामा ४–४, रंगेली, ग्रामथान, उर्लाबारी र  रतुवामाईमा २–२, केराबारी, सुन्दरहरैचा र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा १३, धरानमा ६, रामधुनीमा ३, देवानगञ्ज, बराहक्षेत्र र दुहवीमा २–२ र स्थानीय तह नखुलेका १, झापाको विर्तामोडमा ७, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, दमकमा २, शिवसताक्षी, मेचीनगर, कमल र झापा गाउँपालिकामा १–१,संखुवासभाको खाँदबारीमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरजोरपाटीमा १, पाँचथरको फाल्गुनन्द, इलामको चुलाचुली र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज  ३८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ३७३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]