• फागुन १, २०७८
  • जुनकिरी खबर

दुहबीमा दोस्रो डिजिटल गढी प्रिमियर लिग आयोजना हुने

alt

सुनसरीको गढि गाउंपालिकामा दोस्रो डिजीटल गढी प्रिमियर लिग आयोजना हुने भएको छ । ‘गढी खेल मैदान बचाउ, गढी राष्ट्रिय रंगशाला बनाउ’ अभियान अन्तरगत डिजीटल आदर्श गढि निर्माण अभियानको आयोजनामा सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापन र गढि गाउँपालिकाको सयोंजनमा प्रिमियर लिग आयोजना हुन लागेको हो ।

लिग फागुन २५ देखी चैत्र १० गतेसम्म गढि गाउँपालिका २ मा रहेको गढि रगंशालामा हुने इटहरीमा आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । खेलकुदको विकाससगै भविष्यमा राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलाडीको उत्पादन गर्ने उदेश्य सहित लिग आयोजना गरिएको आयोजक डिजिटल आदर्श गढी निर्माण अभियानका बरिष्ठ उपाध्यक्ष विद्यानन्द यादवले जानकारी दिनुभयो ।

लिग आइसीसीको नियम अनुसार २०÷२० ओभरमा खेलाइने छ । लिगमा जम्मा ३१ खेल हुनेछन् । खेलको अनुमानित वजेट भने ३५ लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । लिगमा पहिलो र दोस्रो हुने टिम विच फाइनल खेल खेलाईने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । साथै उक्त प्रतियोगितामा प्रदेश नम्बर १ र २ बिच महिला क्रिकेटको मैत्रीपुर्ण खेल समेत हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]