• फागुन २, २०७८
  • जुनकिरी खबर

प्रेस चौतारी इटहरीको अध्यक्षमा रेवती निरौला

alt

प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी महिला उपाध्यक्ष सिमा बस्नेत सचिव शंकर खत्री उपसचिवमा पारस सुवेदी, खगेन्द्र बिक र कोषाध्यक्षमा रोजी खतिवडालाई चयन गरेको हो ।

पछि २ जना सदस्य मनोनित गर्ने गरि १५ सदसिय नयाँ कमिटीको सदस्यहरुमा मिलनजजन राई ,सुरेश बस्नेत , सुजता घिमीरे , आशिष चौधरी , तारा भट्टराई र मनोज अधिकारी रहेका छन । निर्वतमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रमा इटहरी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका दुई जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा एरिना टेलिभिजनकी रञ्जना पौडेल र विराट टेलिभिजनकर्मी पारस सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्री उपाध्यक्ष भट्टराईले प्रशंषा पत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रममा अग्रज पत्रकार कृष्ण विनोद लम्साल , एमाले नेता रामप्रसाद चौलागाई , टेलिभिजन पत्रकार संघ सुनसरीका अध्यक्ष सचिन पोखरेल , प्रेस चौतारी नेपालका केन्द्र सदस्य शेखर ढकाल ,जिल्ला अध्यक्ष सुभद्रा प्याकुरेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]