• फागुन ७, २०७८
  • जुनकिरी खबर

पत्रकार महासंघ सुनसरी र रोटरी कल्बबिच मैत्रीपूर्ण फुटसल, पत्रकार विजयी

alt

रोटरी कल्ब अफ इटहरी स्थापना भएको २५ औ वर्ष तथा प्रजातन्त्र दिवसको अवसरमा इटहरीमा नेपाल पत्रकार महासंघ सुनसरी र रोटरी कल्ब अफ इटहरी बिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । 

इटहरी १० स्थित एसडी फुटसलमा आयोजना गरिएको प्रतियोगितामा पत्रकार महासंघ सुनसरी विजयी भएको छ । पत्रकार महासङ्घले आयोजक रोटरी कल्बलाई ७ का विरुद्ध ४ गोल गरेको थियो । महासङ्घका तर्फबाट विवेक भटराई, राजकुमार श्रेष्ठ, धुर्व ढकाल लगायतले गोल गरेका थिए । त्यस्तै रोटरी कल्व अफ इटहरीबाट पुप्प नारायण चौधरी, ज्ञानेन्द्र पराजुली, भुपेन्द्र निरौला र रोनाल निरौलाले गोल गर्न सफल भएका थिए ।

कार्यक्रम रोटरी कल्ब अफ इटहरीकी अध्यक्ष सविना सोभा कोइरालाको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा रोटरी कल्ब अफ इटहरीका पूर्व अध्यक्षहरु अनन्त बिष्ट, लक्ष्मी धिताल, लक्ष्मण हुमागाईँ र (एजी) अनिता अधिकारी समेतको उपस्थिति रहेको थियो । प्रतियोगिताको निर्णायक मुराली अधिकारीले गरेका थिए । रोटरी कल्ब अफ इटहरीको २५ औ स्थापना दिवसको अवसरमा अर्को हप्ताबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको छ । 

FNJ

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]