• फागुन ७, २०७८
  • जुनकिरी खबर

झुम्का कारागारका ३७ जना कैदी बन्दीले पाए आममाफी

alt

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज झुम्का कारागारबाट ३७ जना कैदी बन्दीले आममाफी पाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । सोही अनुसार झुम्का कारागारबाट ३७ जनाले आम माफी पाएका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा-२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा, त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको सँग जम्मा ५ सय १३ जना कैदी वन्दीले आम माफी पाएका छन् । त्यस मध्येबाट झुम्का कारागारबाट ३७ जनाले आम माफी पाएर जेल मुक्त भएको झुम्का कारागारका प्रमुख प्रदीप शाहले बताए । 

अघिल्ला वर्षहरूमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न घटनामा दोषी प्रमाणित भई बन्दी जीवन बिताइरहेकाहरूलाई राष्ट्रपतिबाट आममाफी दिने गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]