• साउन २१, २०७६
  • जुनकिरी खबर

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल बढ्यो

alt

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाउने निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए । गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० रुपैयाँ बढेको छ । 

‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार समायोजन गर्दा ग्यासको मूल्य घटे पनि पेट्रोल डिजेलमा बढेको छ,’ प्रवक्ता गोइतले भने। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ पर्ने निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

आइओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ। सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेपछि अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य समायोजन गर्नुपर्छ। तर, पूर्ण रुपमा कार्यान्वयन भएको छैन।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]