• फागुन १०, २०७८
  • जुनकिरी खबर

भक्ति सिटौलाले गरे सुन्दरहरैचाको मेयर पदको दाबी 

alt

नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आगामी निर्वाचनमा मेयरको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ। मंगलबार सुन्दरहरैंचा–७ को टोल समिति गठन कार्यक्रममा सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो ।

कोइराला प्यानलबाट नगर सभापतिमा उम्मेदवार भएको बेला नै मेयरको टिकट दिने सहमति भए अनुसार आफू अगाडि बढेको वहाँको भनाई छ । 

मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ आफैले टिकट दिलाउने बाचा गरेको तर पछि तामाङले छुट्टै मेयरको उम्मेदवार बन्ने घोषणा गर्दै हिँडेपछि आफू अग्रसर भएको सिटौलाले बताउनुभयो । तामाङले केहिदिन अगाडी सुन्दरहरैचा–५ को टोल समिति गठन कार्यक्रममा आफू मेयरको उम्मेदवार बन्ने तयारीमा रहेको घोषणा गरिसक्नुभएको छ ।

सोही कार्यक्रममा वाड न ७ को छैठौ टोल विकास समिति समेत गठन गरिएको छ । टोल विकास समितिको अध्यक्षमा ओम बहादुर कट्टेल चयन हुनु भएको छ ।   
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]